What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मध्यराती संसद विघटन, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन
काठमाडौँ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले एकल निर्णयका आधारमा गरेकाे प्रतिनिधिसभा विघटनको निर्णय रास्ट्रपति रामचन्द्र पौडेलबाट स्वीकृत भएको छ ।
राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद् विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् ।
भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले भ्रष्टाचार, अनियमिता र मनोमानी शासनमा अभ्यस्त दलहरूको रजगज त ढाल्यो नै, मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा पहिलो पटक महिलालाई बसायो । अति छिटो गरी भएको सत्ता उथलपुथलले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरिदिएको छ । फाइल तस्विर