What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाल सरकारले भन्यो : ‘लिपुलेक नेपालको अभिन्न भूभाग हो’
काठमाडौं । भारत–चीनबीच लिपुलेक हुँदै भइरहेको सीमा व्यापारका विषयमा उठेका प्रश्नबारे परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।”
नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, उक्त क्षेत्र नेपालको भू–भाग रहेको जानकारी मित्रराष्ट्र चीनलाई समेत गराइसकिएको मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक रूपमा घनिष्ठ र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याएको छ।






