एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

काठमाडौं,। एनआईसी एशिया बैंकका ग्राहकहरूले अब बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियर होटलमा सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन्।

बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको समझदारीअनुसार ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त छुट होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत रहनेछ।

सम्झौतामा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन्।

ग्राहकले यो सुविधा डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरेर वा MoBank एपमार्फत भुक्तानी गरी उपयोग गर्न सक्नेछन्।

बैंकले यस सहकार्यले ग्राहकलाई सुविधा दिनुको साथै डिजिटल भुक्तानी सेवा प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *