What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य
काठमाडौं । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।
सम्झौता अनुसार, अब बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले छुट प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरेर भुक्तानी गर्नु पर्नेछ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई देशभरका अस्पताल तथा स्वास्थ्य सेवामा विस्तार गर्दै जाने रणनीति अन्तर्गत यो सहकार्यले ग्राहकलाई सहज र लाभदायी सेवा प्रदान गर्नुका साथै मुलुकको डिजिटल कारोबार प्रणालीलाई प्रवद्र्धन गर्ने विश्वास लिएको जनाएको छ।






