What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेतादेखि जनतासम्म जडिया, रक्सी खाएरै सिध्याउँदै जीउधन !
What To Know
- उनीहरुका छोराछोरी अमेरिका, अस्ट्रेलिया पुगेका छन् । तर, रक्सी खानेहरुको घरखेत, परिवारसँगै ज्यानै सिद्धिएको छ । उसको जीवन नै सखाप भएको छ । न पैसा छ न स्वास्थ्य । केही वर्षयता मुलुक मन्दीमा छ । मन्दीका कारण हरेक क्षेत्र सुस्ताएको छ । विभिन्न क्षेत्रमा मानिसहरुले गरेको लगानी डुबेको छ । फेरि उनीहरुले बैंक, वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरेका हुन् । अनि तनाव बढेपछि उनीहरुले रक्सीको सहारा लिइरहेका छन् ।.
- जनतादेखि जनप्रतिनिधिसम्म रक्सी खान व्यस्त छन् । संसद्मा कतिपय सांसदहरु निदाइरहेको देखिन्छ । राति रक्सी खाएर सुत्न पाउँदैनन् अनि संसद् आएर निदाउँछन् । प्रहरीहरुले पनि रक्सी खाएको भेटिन्छ । जाँड खाएरै प्रहरीबीच नै झगडा भएको घटनासमेत छन् । अनि कानून बनाउनेदेखि कार्यान्वयन गर्नेहरु नै रक्सी खान व्यस्त भएपछि जनता पनि त्यसमा होमिनु स्वाभाविक हो ।.
रुषा थापा
पछिल्लो समय घरेलु तथा सिल प्याक मदिरा बेचबिखन गर्ने ह्वात्तै बढेका छन् । गाउँदेखि शहरसम्म मदिरा बेचिन्छ । मदिरा बेच्दा सीमित व्यापारीलाई फाइदा पुगिरहेको छ भने आम नागरिकको स्वास्थ्य र घरपरिवार लथालिंग अवस्थामा पुगेको छ । रक्सीले परिवारमा कलह ल्याएको छ । दिनहुँ झैझगडा हुन्छ ।
रक्सी खाएको बेला सानो कुरामा झगडा हुँदा काटमारसमेत हुने गरेको छ । कतिपय चाँहि आत्महत्या गर्छन् । रक्सीले मानिसको जीवन सिध्याइरहेको छ । मदिरा खाने अधिकांशको मिर्गौला, कलेजो, फोक्सो काम नलाग्ने अवस्थामा पुग्छ । अहिले भर्खरका युवायुवतीसमेत मदिरा, लागू औषधमा फसेर भविष्य चक्नापुर भएको पाइन्छ ।
यता, मदिरा पनि नक्कली आउन थालेको छ । सिल प्याक महंगो भनिएका मदिरासमेत नक्कली भेटिन्छ । घरेलु रक्सी त देशी मल, भैंसीको हड्डी, पुराना लुगा र छालाका जुत्ता, सख्खरलगायतबाट बनाइन्छ । भन्ने बेला पसलेले चामल र कोदोको रक्सी भन्छन् तर यस्ता रक्सी बेचेर मानिसको पैसासँगै ज्यानै सिध्याइदिन्छन् ।
काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लाहरुमा घरैपिच्छे रक्सी पसल भेटिन्छन् । त्यहाँ यस्ता रकसी बेचिरहेको छ । भर्खरका युवायुवतीसहित बुढाबुढीहरुले समेत रक्सी खाइरहेको देखिन्छ । पसलेले जति भन्छन्, त्यति नै तिरेर उनीहरुले खान्छन् । तर, त्यो रक्सीले पैसासँगै उनीहरुको ज्यानै सिध्याउँछ । घरपरिवारबाट टाढा बनाउँछ ।
पहिले करोडपति भएको व्यक्तिलाई समेत सडकछाप अवस्थामा पुर्याउँछ । रक्सीले धेरै मानिसको जीवन सखाप पारिरहेको छ । यद्यपि, सरकार केही पनि गर्दैन । गृह मन्त्रालय घरेलु तथा सिल प्याक मदिरा बेचबिखनमा रोक लगाउन ७७ वटै सिडियो कार्यालयलाई निर्देशन दिँदैन । स्थानीय तहहरु पनि अनुगमन गरी यस्ता रक्सी बेच्नेमाथि कारबाही गर्दैनन् ।
घरधनीहरुलाई भाडा भए पुग्यो, व्यापारीलाई कमाउन पाए । उपत्यकामा घरेलु मदिरा बेच्ने रक्सी पसल छ्यापछ्याप्ती छन् । रक्सी बेच्न धमाधम आफ्नो घर भाडामा दिइरहेका छन्, घरधनीहरु । भाडाको निम्ति रक्सी बेच्न घर भाडामा दिन्छन् अनि कसैले रक्सी खाएर केही घटना घटेमा जिम्मेवारी चाँहि लिँदैनन् । रक्सी खाएपछि अधिकांश व्यक्तिले आफ्नो होश गुमाउँछन् ।
त्यस्तो अवस्थामा उनीहरुले जे पनि गर्न सक्छन् । कुटपिटदेखि काटमारसम्म । रक्सी खाएरै आफ्नो र अरुको ज्यान लिएको थुप्रै घटना छन् । अनि यस्ता घटनाको जिम्मेवारी कसले लिने ? रक्सी पसलेले कि सरकारले ? कानूनमा घरेलु रक्सी बेच्न पाइँदैन । विडम्बना, स्थानीय तह र प्रहरी प्रशासन निदाउँदा खुलेआम घरेलु मदिरा बेचबिखन भइरहेको छ ।
सरकार रक्सी बेच्न प्रतिबन्ध लगाउँदैन अनि रक्सी खाएर आत्महत्या, हत्या गरिएपछि लाश उठाउन चाँहि पुग्छ । अहिले धेरै मानिसहरुको दुईटै मिर्गौला फेल, कलेजो, फोक्सो काम नलाग्ने भएको सुनिन्छ । यसको एउटै कारण हो, रक्सी । विशेषगरी घरेलु मदिराले मानिसको महत्त्वपूर्ण अंग सजिलै बिग्रार्ने गर्छ ।
दश वर्षे जनयुद्धमा माओवादीले रक्सी खाने र बनाउने दुवैलाई कारबाही गथ्र्यो । जसले रक्सी खाने र बनाउने धेरै मात्रामा कम भएका थिए । अहिले त माओवादीकै कार्यकर्ता रक्सी खान्छन् । केही महिनाअघि माओवादी अध्यक्ष एवं पूर्वप्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रक्सी खाएर ट्वाइलेटमा लडे ।
सर्वसाधारण भन्छन्, ‘केपी ओली पनि रक्सी खाएरै दुईटा मिर्गौैला फेल भएको । शेरबहादुर देउवा त झन् बिहानैदेखि रक्सी खान्छन् ।’ यता, सरकारी कर्मचारीको त कुरै नगरौं । सरकारी कार्यालय जाँदा राति खाएको रक्सीले छोडेको हुँदैन, कर्मचारीलाई । अधिकांश कर्मचारीको मुखबाट रक्सी गन्हाइरहेको हुन्छ । भट्टी पसलहरुमा पनि उत्तिकै कर्मचारी भेटिन्छन् ।
पछिल्लो समय त बर्थ डेदेखि विवाहसम्ममा रक्सी दिइन्छ । छोराछोरीको सरकारी जागिरमा नाम निस्किएमा, एसईई पास गरेमा, अमेरिका, अस्ट्रेलियामा भिसा लागेमा पनि रक्सी पार्टी दिइन्छ । जनप्रतिनिधिले चुनाव जित्दा पनि रक्सी पार्टी नै दिन्छन् । कर्मचारी सरुवा, बढुवा हुँदा रक्सी खाएरै खुशीयाली बनाउँछन् । मानिसले खुशीसँगै दुःखमा पनि रक्सी नै खान्छन् ।
जागिर नपाए, परीक्षामा फेल भएमा, घरजग्गा, गाडी, सेयरमा गरेका लगानी डुबेमा, बैंक, वित्तिय संस्थाको ऋण तिर्न नसके वा बचत फिर्ता नपाएमा पनि रक्सी नै खान पुग्छन् । बिहान उज्यालो नहुँदै भट्टी पुग्छन्, मध्यरातमा घर फर्किन्छन् । कतिपय चाँहि सडकमै सुत्छन् । रक्सी बनाउने र बेच्नेहरु अर्बपति भएका छन् ।
उनीहरुका छोराछोरी अमेरिका, अस्ट्रेलिया पुगेका छन् । तर, रक्सी खानेहरुको घरखेत, परिवारसँगै ज्यानै सिद्धिएको छ । उसको जीवन नै सखाप भएको छ । न पैसा छ न स्वास्थ्य । केही वर्षयता मुलुक मन्दीमा छ । मन्दीका कारण हरेक क्षेत्र सुस्ताएको छ । विभिन्न क्षेत्रमा मानिसहरुले गरेको लगानी डुबेको छ । फेरि उनीहरुले बैंक, वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरेका हुन् । अनि तनाव बढेपछि उनीहरुले रक्सीको सहारा लिइरहेका छन् ।
जनतादेखि जनप्रतिनिधिसम्म रक्सी खान व्यस्त छन् । संसद्मा कतिपय सांसदहरु निदाइरहेको देखिन्छ । राति रक्सी खाएर सुत्न पाउँदैनन् अनि संसद् आएर निदाउँछन् । प्रहरीहरुले पनि रक्सी खाएको भेटिन्छ । जाँड खाएरै प्रहरीबीच नै झगडा भएको घटनासमेत छन् । अनि कानून बनाउनेदेखि कार्यान्वयन गर्नेहरु नै रक्सी खान व्यस्त भएपछि जनता पनि त्यसमा होमिनु स्वाभाविक हो ।
अभिभावक रक्सी खान्छन्, उसका छोराछोरी भोकै बस्नुपर्छ । भट्टी पसलेहरुले भर्खरका युवायुवतीदेखि बुढासम्मलाई रक्सी खुवाइरहेका छन् । जसले ती युवायुवतीको भविष्य तहसनहस भइरहेको छ । कलिलो उमेरमै उनीहरु गम्भीर रोगको सिकार भइरहेका छन् । मिर्गौला, कलेजो, फोक्सो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो ।
यो बिग्रिएमा फेर्न वा उपचारका निम्ति लाखौंदेखि करोडौं रकम चाहिन्छ । अनि पहिले रक्सी खाएर घरखेत सिध्याएकाहरुले कसरी उपचार गर्ने ? त्यसकारण अब सरकारले रक्सी बेच्नमा रोक लगाउनुपर्छ । सरकार जनताको रक्षक हो । जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । रक्सीले जनताको सम्पत्तिसँगै ज्यानै लिइरहेको छ ।
त्यसैले, अब सरकारले कडा कदम चाल्नैपर्छ । रक्सी खाएर ओलीले मिर्गौला सिध्याएपनि जनताले तिरेको करबाट फेरे । त्यो मिर्गौला बचाउन विदेशबाट दिनको ७० हजारको पानी ल्याएर पिउँछन् । सरकारमा बसेकाहरु पनि रक्सी खाएर मिर्गौला सिध्याउने, जनता पनि रक्सी खाएरै ज्यान गुमाउने । रक्सीले एक जना मात्र होइन, धेरै पुस्ता सिध्याउँछ । र, सिध्याइरहेको छ । किनकि बाउले रक्सी खाएपछि छोराले सिक्छ ।
रक्सीमा प्रतिबन्ध लगाउन सांसदहरु सदनमा आवाज उठाउँदैनन् । सरकार पनि यो विषयबारे सोच्दैन । किनकि सांसददेखि सरकारमा बसेकासम्म जडिया छन् । अनि जनप्रतिनिधिदेखि जनतासम्म रक्सी खान व्यसत भएपछि देश कसरी बन्छ ?