What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य
काठमाडौँ । एन आई सी एशिया बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडसँग स्वास्थ्य उपचार सेवामा आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता गरेको छ। यस सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गराउँदा डिजिटल भुक्तानी गरेमा कुल रकममा १० प्रतिशत छुट पाउनेछन्।
बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यो सुविधा पाउनका लागि ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सघाउनुका साथै देशभर डिजिटल भुक्तानी सेवाको विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।






