एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच छुट दिने विशेष सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने उद्देश्यले आपसी सम्झौता भएको छ। सम्झौताअनुसार, अब बैंकका ग्राहकहरूले ई.स्टप नेपालद्वारा सञ्चालित रेष्टुरेन्टहरूमा खानाका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ई.स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा रेष्टुरेन्टसहित चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ। ती स्थानमा विद्युतीय गाडी चार्ज गर्दै ग्राहकहरूले छुटसहित खाना पनि उपभोग गर्न सक्ने सुविधा पाउनेछन्।

उक्त छुट सुविधा लिन ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार, ई.स्टप नेपालसँगको सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रवर्द्धन गर्ने र वातावरणमैत्री हरित अर्थतन्त्रको विकासमा समेत टेवा पुर्‍याउने एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले बताउनुभयाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *