नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले लाखौं ग्राहकहरूसँगको बैंकिङ्ग सम्बन्धलाई सहज र कर प्रणालीअनुसार पारदर्शी बनाउन प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो।
बैंकले “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा ग्राहकहरूको खाताबाट भएको करकट्टी विवरण समावेश गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न अनुरोध गरेको हो।
ग्राहकहरूले प्यान अद्यावधिक गर्नका लागि बैंकको https://panupdate.nicasiabank.com पोर्टल वा एनआईसी एशिया मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्प प्रयोग गर्न सक्नेछन्। साथै, आफू नजिकको कुनै पनि शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।
बैंकले ब्याजभुक्तानी वापत काटिने कर विवरणलाई E-TDS रेकर्डमा राख्न प्यान अत्यावश्यक भएको उल्लेख गरेको छ। प्यान अद्यावधिक भएपछि करकट्टी विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान भइ कर प्रमाणपत्र प्राप्ति सजिलो हुने जानकारी बैंकले दिएको छ। यसले ग्राहकहरूलाई बैंकसम्म प्रमाणपत्र लिन धाउनुपर्ने झन्झटबाट पनि मुक्त गराउने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले ग्राहकले प्यान अद्यावधिक नगरेको अवस्थामा E-TDS मा ब्याजकर दाखिला नहुन सक्ने र त्यस्तो अवस्थामा हुने करसम्बन्धी समस्यामा बैंक जिम्मेवार नहुने स्पष्ट पारेको छ।
त्यस्तै, यदि कसैले पहिल्यै प्यान उपलब्ध गराएको भए तापनि करकट्टी विवरण E-TDS मा देखिएको छैन भने, नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका नम्बर १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ।