एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता: विदेशी पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

What To Know

  • काठमाडौं। एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एउटा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतापछि विदेशी पर्यटकहरूलाई नेपालमा भुक्तानी गर्न अझ सजिलो हुने भएको छ।.
  • यस सुविधाले नेपालमा आउने विदेशी पर्यटकहरूलाई भुक्तानी गर्न निकै सहज हुनेछ। बैंकमा जोडिएका मर्चेन्टहरूले पनि अलीपे+ नेटवर्कबाट हुने भुक्तानी सजिलै प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले नेपालको अन्तरदेशीय क्यूआर भुक्तानी प्रणालीलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।.

काठमाडौं। एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एउटा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतापछि विदेशी पर्यटकहरूलाई नेपालमा भुक्तानी गर्न अझ सजिलो हुने भएको छ।

अब अलीपे+ नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले एनआईसी एशिया बैंकका ‘नेपालपे क्यूआर’ मर्चेन्टहरूमा सीधै भुक्तानी गर्न सक्नेछन्। यसको अर्थ चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायत ११ भन्दा बढी देशका नागरिकले आफ्नो देशको वालेट वा बैंकिङ एपबाट नेपालमा सीधै भुक्तानी गर्न पाउनेछन्।

यो सम्झौतापत्रमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री जयन्द्र रावल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत श्री नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ।

यस सुविधाले नेपालमा आउने विदेशी पर्यटकहरूलाई भुक्तानी गर्न निकै सहज हुनेछ। बैंकमा जोडिएका मर्चेन्टहरूले पनि अलीपे+ नेटवर्कबाट हुने भुक्तानी सजिलै प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले नेपालको अन्तरदेशीय क्यूआर भुक्तानी प्रणालीलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *