नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भिजिट भिसा सम्बन्धी विषय छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसा सम्बन्धी उच्चस्तरीय अध्ययन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको हो।
समितिमा गृह, श्रम, संघीय मामिला र परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्।
सरकारले समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको एक मन्त्रीले जानकारी दिए।
यसअघि, भिजिट भिसा प्रकरण छानबिनका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच जेठ ३० गते दुई बुँदे सहमति भएको थियो। सो प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गर्दै रास्वपा र राप्रपा संसद्मा लगातार अवरोध गर्दै आएका थिए।