प्रतिनिधि सभा सुचारु गर्न सत्ता र विपक्षी दलबीच सहमति

काठमाडौं । प्रतिनिधि सभाको अवरोध अन्त्य गर्दै सत्ता र प्रमुख विपक्षी दलबीच संसद् सुचारु गर्न सहमति भएको छ। सत्तारूढ नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रबीच शुक्रबार लिखित सहमति भएको हो।

सहमति अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन र निजामती सेवामा समावेश विषयमा अनुचित प्रयोग तथा दुरुपयोगका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। आयोगले आफ्ना कार्यालयहरूलाई निर्देश दिइसकेको र छानबिन अघि बढिरहेको उल्लेख गर्दै सरकार उक्त विषयमा आवश्यक सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यस्तै, अध्यागमन र भिजिट भिसा सम्बन्धि देखिएका समस्याहरू समाधान गर्न सरकारले आवश्यक अध्ययन तथा छलफल गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्ने उल्लेख गरिएको छ।

सहमति पत्रमा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक महेश कुमार बर्ताैलाले र विपक्षी दलका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित २ साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *