What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय अब कमलादीस्थित आफ्नै नयाँ भवनमा
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय काठमाडौंको कमलादीमा रहेको नयाँ आफ्नै भवनमा स्थानान्तरण गरेको छ। बैंकको नवनिर्मित भवनमा वैदिक सनातन परम्परा अनुसार पूजापाठ गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले कार्यालय समुद्घाटन गरेका हुन्।.
- नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएपछि यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यालयसहित विभिन्न कार्यकारी तहका कार्यालयहरू र विभागहरू अब नयाँ कर्पोरेट भवनबाट सेवा सञ्चालनमा आएका छन्। बैंकले नयाँ स्थानबाट सबै सेवा–सुविधा अझ प्रभावकारी र सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।.
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय काठमाडौंको कमलादीमा रहेको नयाँ आफ्नै भवनमा स्थानान्तरण गरेको छ। बैंकको नवनिर्मित भवनमा वैदिक सनातन परम्परा अनुसार पूजापाठ गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले कार्यालय समुद्घाटन गरेका हुन्।
जेठ १० गते आयोजित उद्घाटन समारोहमा बैंक सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसहितका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएपछि यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यालयसहित विभिन्न कार्यकारी तहका कार्यालयहरू र विभागहरू अब नयाँ कर्पोरेट भवनबाट सेवा सञ्चालनमा आएका छन्। बैंकले नयाँ स्थानबाट सबै सेवा–सुविधा अझ प्रभावकारी र सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।
हाल एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखा–रहित सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लामा समेत सेवा विस्तार गरी वित्तीय पहुँच नपुगेका क्षेत्रमा समेत आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ।