What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनआईसी एशिया बैंकको सम्पत्ति लिलामबारे अनलाइनमै विस्तृत जानकारी
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अब आफ्ना बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति र धितोमा परेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।.
- एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले अनलाइन पोर्टलमार्फत ग्राहकले लिलामीसम्बन्धी विस्तृत र भरपर्दो जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।.
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अब आफ्ना बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति र धितोमा परेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
बैंकले हालै सार्वजनिक गरेको नयाँ अनलाइन पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको विवरण, कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेसनसहितका जानकारीहरू सजिलै हेर्न सकिनेछ।
उक्त पोर्टलमा जानका लागि बैंकले प्रकाशन गरेका लिलाम सूचना भित्रको क्युआर कोड स्क्यान गर्न सकिन्छ, जसबाट सिधै वेभसाइट https://auctionassistance.nicasiabank.com मा पुग्न सकिन्छ।
ग्राहकले लिलाममा राखिएको सम्पत्तिको विवरण हेरेपछि थप जानकारी आवश्यक भएमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी सन्देश पठाउन सक्नेछन्। बैंकका अनुसार सो पोर्टलमा सम्पत्तिसम्बन्धी विवरणहरू नियमित रूपमा अद्यावधिक गरिनेछ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले अनलाइन पोर्टलमार्फत ग्राहकले लिलामीसम्बन्धी विस्तृत र भरपर्दो जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।