मारवाडीहरु आफ्नै देश फर्किँदै, नेपाल र नेपालीको कन्तबिजोग !

रुषा थापा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भन्थे, ‘नेपालबाट मारवाडी हटाउनुपर्छ ।’ तर, अहिले मारवाडीहरु आफैं भाग्न थालेका छन् । मारवाडीहरुले धमाधम नेपाल छोड्न थालेका छन् । नेपालमा मारवाडीहरुको लगानी विभिन्न क्षेत्रमा छ । विशेष गरी व्यापार व्यवसायमा मारवाडीको लगानी रहेको पाइन्छ ।

यहाँ ठुल्ठुलो व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दै आएका उनीहरु पछिल्लो समय नराम्ररी डुबेका छन् । मारवाडीहरुले आफ्नो उत्पादन साना व्यापारी तथा व्यवसायीलाई बेच्न गरेका छन् । अधिकांश कारोबार उधारोमा गर्ने गरिन्छ । तर, उनीहरुले भुक्तानी नदिएपछि मारवाडीहरु भाग्नुपर्ने अवस्थामा पुगेका हुन् ।

किराना वा खुद्रा पसलदेखि बिग मार्ट, सुपरमार्केट, भाटभटेनीसहित अन्य विविध व्यवसायीले मारवाडीबाट लिएको सामानको भुक्तानी नदिएको बजारमा व्यापक चर्चा छ । उधारो कारोबारले व्यापार व्यवसाय चौपट हुनुका साथै ऋणको भारी भएपछि मारवाडीहरु आफ्नो देश फर्किन थालेका छन् । नेपालमा गर्दै आएका व्यापार व्यवसाय उनीहरुले बन्द गरिसके ।

खुद्रा पसलहरुले पाँच लाख भुक्तानी दिएपछि विश्वासको आडमा मारवाडीहरुले २० लाख रुपैयाँसम्मको सामान उधारोमा दिन्थे । विश्वासमा पर्दा उनीहरु डुबेका छन् । नेपाली व्यापारी तथा व्यवसायीहरुले भारत र चीनबाट सामान आयात गर्दै आएका छन् । एउटै व्यापारीबाट सामान ल्याएपछि उधारो कारोबार हुन्छ । एक करोड भुक्तानी दिएर तीन करोडसम्मको सामान ल्याइन्छ ।

विश्वासको आडमा त्यहाँको व्यापारी तथा व्यवसायीले उधारोमा सामान दिन्छन् । जसको फाइदा यहाँका अधिकांश व्यापारीहरुले उठाउँदै आएका छन् । एउटै व्यापारीबाट धेरै चोटि सामान ल्याउनुका साथै उधारो रकम अधिक भएपछि उनीहरु सम्बन्धित व्यापारी तथा व्यवसायीको भुक्तानी नै नदिई सम्पर्कविहीन हुने गरेको सुनिन्छ ।

अहिले भारत र चीनका अधिकांश व्यापारी तथा व्यवसायी नेपाललाई सामान दिन मान्दैनन् । केही गरी मानिहाले तत्काल भुक्तानी दिनुपर्छ । तर, पैसा नहुँदा सामान ल्याउन सकिएको छैन । यहाँ भएका मारवाडी पनि आफ्नै देश फर्किन थालेका छन् । नभए उनीहरुलाई फकाएर भएपनि सामान ल्याइन्थ्यो । भएका मारवाडी उधारो कारोबार नगर्ने अडानमा छन् ।

अनि सामान नै नपाएपछि यहाँका व्यापारी, व्यवसायीहरु पलायन हुनुपरेको छ । पहिला त उधारोमा सामान पाइन्थ्यो । सहकारीले ऋण दिन्थ्यो । जसले गर्दा व्यापारीहरुलाई निकै सहज भएको थियो । तर, मारवाडीहरुको विश्वासको फाइदा उठाए कतिपय व्यापारी तथा व्यवसायीले । आफू मात्र कमाउन खोजे ।

उनीहरुबाट सामान चाँहि भटाभट ल्याएर बेच्ने, भुक्तानी दिने बेला चाँहि विभिन्न बहाना बनाउने । अति नै भएपछि मारवाडीहरु अब सामान नै नदिने निर्णयमा पुगेका छन् । बरु आफैं पलायन हुन्छौं, भुक्तानी नदिएसम्म सामान दिदैँनौं भन्नेमा उनीहरु पुगेका छन् । अहिले तोकिएको समयमा भुक्तानी नदिएमा सम्बन्धित व्यापारी, व्यवसायीको पसलमै गएर सामान उठाउँछन्, मारवाडीहरु ।

पछिल्लो समय सटरहरु धमाधम खाली भएका छन् । मन्दीका कारण सटर खाली भएको बताइएपनि भित्रि कुरा भने यस्तो पाइएको हो । मारवाडीहरुले सामान नै नदिएपछि पसल खाली भएको छ । अनि खाली पसल राखेर मात्र के गर्नु ? जब व्यापार गर्न सामान नै छैन । त्यसैले, व्यापारीहरुले भटाभट सटर छोडिरहेका छन् । नेपालीहरुले अरुलाई ठग्नबाट सिके ।

आफ्नो स्वार्थमात्र पूरा गर्न खोज्दा आज हामी जनताकै कारण देश संकटमा परेको हो । हामी आफ्नो बारेमा मात्र सोच्छौं । आफू खाएमात्र पुग्छ । चुनावको बेला लोभलालचमा परेर गलत व्यक्तिलाई जिताउँछौं । अनि फेरि नेताले काम गरेन, भ्रष्टाचार मात्र गर्यो भन्दै कराउँछौं । हामी आफैंले गलत व्यक्तिलाई त्यहाँ पुर्याएको होइन र ? अनि गलत व्यक्तिबाट देशमा विकास, समृद्धिको आशा गरेर हुन्छ ?

विकास, समृद्धि चाहिएको थियो भने चुनावको बेला लोभलालचमा फस्नु हुँदैन्थ्यो । जनता आफ्नो बारेमा मात्र सोच्ने भए । नेता, कर्मचारीलाई भ्रष्टाचार गर्न पाए पुग्यो । अरुको खोस्ने, आफ्नो चाँहि मुठी पार्ने प्रवृत्ति मौलाउँदै गएको छ । जसले आज देशलाई क्षति पुग्दैछौं । यदि यहाँका व्यापारीहरुले मारवाडी तथा विदेशी व्यापारीको विश्वासमा घात नपुर्याएको भए आज सटर खाली हुदैँन्थ्यो ।

सामान नपाएकै कारण व्यापार व्यवसायबाट पलायन हुनु पर्दैन्थ्यो । यहाँ व्यापार व्यवसाय गरेर राज्यलाई राजस्व तिर्दै आएका मारवाडीहरु आफ्नो देश फर्किँदैन्थे । न त छिमेकी देशको व्यापारी व्यवसायीको नजरमा नेपालको बदनाम हुन्थ्यो । तर, यहाँ त आफ्नो धोक्रो भर्न देशकै प्रतिष्ठामाथि आँच आउने काम गरियो ।

मारवाडीहरुको सामानमा यहाँका व्यापारी, व्यवसायीहरुले रजगज चलाइरहँदा घरधनीहरु पनि मालामाल भएका थिए । एउटै सटरको मासिक ३० हजारदेखि १९ लाख रुपैयाँसम्म भाडा असुले । खाली सटर त २० देखि ६० लाखमा किनबेच गरियो । अहिले मारवाडीहरु नै आफ्नो देश फर्किन थालेपछि यहाँको सटर त खाली भयो नै घरधनीहरुको निद्रा र भोक पनि हराएको छ ।

घर बनाउँदा लिएको ऋण कसरी तिर्ने ? भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । हुन त मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भनेका थिए, ‘यो देश मारवाडीले चलाइरहेको छ ।’ उनको यो भनाई सत्य सावित भएको छ । किनकि मारवाडीहरु नेपाल छोड्न थालेसँगै देश नै ध्वस्त वा टाट पल्टिने अवस्थामा पुगेको छ । अब अर्थतन्त्र सुध्रिने होइन, झन् झन् जटिल स्थितिमा पुग्दै छ ।

सरकारले पनि मारवाडीहरु सधैं नेपालमा बस्छन् । कर तिर्छन् भनेर सोच्यो । तर, कुनै पनि देशको व्यापारी, व्यवसायी अर्को देशमा तबसम्म बस्छन्, जबसम्म उसलाई फाइदा भइरहन्छ । घाटा हुनासाथ जुनसुकै बेला पनि उनीहरुले अरुको देश छोड्न सक्छन् । यद्यपि, सरकारले यसबारे नसोच्दा आज देशको अर्थतन्त्र धरापमा परेको छ ।

मुलुकमा सरकारी बैंक तीन वटा मात्र छ । नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक । यी बैंकमा सरकारको ५१ प्रतिशत सेयर लगानी छ । अन्य प्राइभेट बैंकमा मारवाडीहरुको लगानी छ । अनि मारवाडीले नेपाल छोड्नासाथ सर्वसाधारणको पैसा पनि डुब्ने पक्का छ । हामी जनताले पनि कहिल्यै सोचेनौं कि प्राइभेट बैंक सरकारको होइन, मारवाडीको हो । मारवाडी भाग्नासाथ हामी पनि डुब्छौं भनेर नागरिकले कल्पनासमेत गरेनन् ।

मारवाडी त आफ्नो देश फर्किन्छन्, त्यसको असर चाँहि नेपालमा धेरै पर्ने देखिन्छ । किनकि मारवाडीले देश छोड्नासाथ सटर मात्र होइन कोठा, फ्ल्याट पनि खाली हुन्छन् । व्यापार व्यवसाय नै चौपट हुन्छ भने बैंकमा सर्वसाधारणले बचत गरेको खर्बौ रकम संकटमा पर्छ । मारवाडीले गर्दा अब नेपाल र नेपालीको कन्तबिजोग हुने देखिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *