What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री ओलीका कारण गभर्नर नियुक्तिमा समस्या छैन : सभापति देउवा
What To Know
- प्रधानमन्त्री ओली कांग्रेसलाई गभर्नर दिन सकारात्मक रहेको उल्लेख गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा पनि कुनै समस्या नरहेको दाबी गर्नुभयो। उहाँले गठबन्धनमा प्रधानमन्त्री ओलीको भूमिका सहयोगी रहेको र गठबन्धनमा असमझदारी सिर्जना नगरेको स्पष्ट पार्नुभयो।.
- ‘‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन ।,” सभापति देउवाले भन्नुभयो, ‘‘गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैँकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैँकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।”.
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण समस्या नभएको स्पष्ट गर्नुभएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै उहाँले गभर्नर नियुक्ति ढिलाइको कारण राष्ट्र बैंकभित्रकै आन्तरिक समस्या भएको बताउनुभयो।
प्रधानमन्त्री ओली कांग्रेसलाई गभर्नर दिन सकारात्मक रहेको उल्लेख गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा पनि कुनै समस्या नरहेको दाबी गर्नुभयो। उहाँले गठबन्धनमा प्रधानमन्त्री ओलीको भूमिका सहयोगी रहेको र गठबन्धनमा असमझदारी सिर्जना नगरेको स्पष्ट पार्नुभयो।
‘‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैँकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैँकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’’
सभापति देउवाले वर्तमान सरकारले विकास निर्माणको क्षेत्रमा निजी क्षेत्रलाई समेट्ने नीति अनुसार अध्यादेशमार्फत कानुन निर्माण गरेको पनि जानकारी दिनुभयो।