What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ हुँदै
What To Know
- प्रतियोगितामा कुल २८ खेल संचालन हुनेछन्। समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल काष्टमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछन्।.
- प्रतियोगितामा आकर्षक पुरस्कार राखिएको छ । विजेता टाेलीले एक लाख ५० हजार रूपैयाँ पुरस्कार पाउने छ भने उपविजेता टाेलीले ७५ हजार रूपैयाँ पुरस्कार पाउने छ ।.
काठमाडाैं । काठमाडौं जिल्ला क्रिकेट संघले ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करण आयोजना गर्ने भएकेा छ।
ग्रासरुट क्रिकेटको विकासमा सक्रिय योगदान दिँदै आएको संघले नेपाल क्रिकेट संघ (क्यान) का पूर्बअध्यक्ष तथा नेपाली क्रिकेटका भिष्मपितामह जयकुमारनाथ शाहको सम्झनामा प्रतियाेगिता हुन लागेकाे हाे ।
प्रतियोगिता २०८१ वैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिनका खेलहरू काठमाडौंको तल्लो मुलपानी, माथिल्लो मुलपानी र त्रिवि मैदानमा आयोजना हुनेछन् भने दोस्रो दिन देखि त्रिवि मैदान र तल्लो मुलपानीमा हुनेछन्।
यस वर्षको प्रतियोगितालाई एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर दिइनेछ।
आयोजकका अनुसार स्कुलस्तरीय प्रतियोगिता भएकाले यू-१६ टोलीका लागि उमेर परिक्षण पनि सही तरिकाले हुने अपेक्षा छ। साथै यस प्रतियोगिताबाट काठमाडौं जिल्लाको छनोट गर्दा खेलाडीका लागि पनि न्यायोचित हुने विश्वास व्यक्त गरिएको छ।
गत वर्षको प्रतियोगितामा १६ स्कुलहरुले भाग लिएका थिए भने यस पटकको दोस्रो संस्करणमा २१ वटा स्कुलहरु सहभागी हुने भएका छन्। गत बर्षको प्रतियोगितामा सैनिक आवासीय महाबिधालय बिजेता बन्न सफल भएको थियो भने मोक्षदा स्कुल उपविजेता भएको थियो। सहभागी विद्यालयहरूलाई ७ समूहमा विभाजन गरिनेछ।
प्रतियोगितामा कुल २८ खेल संचालन हुनेछन्। समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल काष्टमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछन्।
प्रतियोगितामा सहभागी २१ विद्यालयहरू निम्न रहेका छन्:
•
रेडियन्ट रिडर्स एकेडेमी
•
मोक्षदा स्कुल
•
रत्न राज्य स्कुल
•
विसडम इंग्लिस एकेडेमी
•
भ्याली पब्लिक हायर सेकेन्डरि स्कुल
•
एन्जल हर्ट्स सेकेनडरी स्कुल
•
ग्यालेक्सी पब्लिक स्कुल
•
अपी स्कुल
•
अक्षरा स्कुल
•
पिक प्वाइन्ट एजुकेसन नेटवोर्क एकेडेमी
•
नेपाल पुलिस स्कुल
•
त्रियोग हाइस्कुल
•
क्रिएटिभ एकेडेमी
•
गेटवे एकेडेमी
•
संस्कृति इन्टरनेसनल स्कुल
•
सैनिक आवासीय महाविद्यालय
•
नेक्सस इन्टरनेसनल एकेडेमी
•
जेम्स स्कुल
•
डिएभी शुसिल केडीया विश्व भारती स्कुल(A)
•
डिएभी शुसिल केडीया विश्व भारती स्कुल(B)
•
एलआरआई स्कुल
प्रतियोगितामा आकर्षक पुरस्कार राखिएको छ । विजेता टाेलीले एक लाख ५० हजार रूपैयाँ पुरस्कार पाउने छ भने उपविजेता टाेलीले ७५ हजार रूपैयाँ पुरस्कार पाउने छ ।
उत्कृष्ट खेलाडी: रु. १०,०००, उत्कृष्ट बलर: रु. ५,०००, उत्कृष्ट ब्याटर: रु. ५,०००, इमर्जिङ खेलाडी: रु. ५,०००, प्लेयर अफ द म्याच: रु. १,००० पुरस्कार राखिएकाे छ ।
(विजेता र उपविजेताबाहेक अरू व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजद्वारा प्रायोजित छन्)।
प्रतियोगिताको अनुमानित खर्च रु. १६,३५,००० रहेको छ।
प्रतियोगिताका मुख्य प्रायोजक बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रा.लि. र सह–प्रायोजक आयुष इन्टरनेसनल ओभरसिज सर्भिस रहेका छन्।
अन्य प्रायोजकहरूमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, टिम ११, नेपाल बैंक ली, लुम्बिनी डेभलपमेन्ट बैंक, सुजुकी (सीजी मोटो), हिमाल रेमिट, केएफसी, जी स्पोर्ट्स, मेघा हस्पिटल र एभरेष्ट अस्पताल रहेका छन्।