नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कक्षा १२ को परीक्षा तोकिएकै तालिकामा हुन्छ : बोर्ड
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने जानकारी गराएको छ।
यसअघि वैशाख ११ गतेका लागि तय भएको परीक्षा नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण स्थगित भएको थियो। तर, महासङ्घसँग सहमति भइसकेकाले अब परीक्षा तोकिएकै केन्द्रहरूमा हुनेछ।
बोर्डले सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी गलत सूचना फैलाइएकोमा आपत्ति जनाएको छ। सबैलाई त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरिएको छ। बोर्डको आधिकारिक सूचना वेबसाइटमा मात्रै प्रकाशित हुन्छ र बोर्डको कुनै फेसबुक पेज छैन।
परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न बोर्डले सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्बन्धित सबैलाई अनुरोध गरेको छ।