बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एन आई सी एशिया बैंककाे लिलाम बिक्री सम्बन्धि सबै विवरण वेवसाइटमा
काठमाडौं । एन आई सी एशिया बैंकले लिलाम बिक्री सम्बन्धि विवरण वेवसाइटमा राखेको छ ।
एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले सार्वजनिक गरिएको वेवसाइटमा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी राखेको हो ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) रन्जन खड्काले बताउनुभयो ।
लिलाम किक्री सम्बन्धीका विस्तृत जानकारी हेर्न लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार सोही लिङ्क मार्फत कारोबार तथा थप जानकारी पनि लिन सकिन्छ । बुधबार बैंकले जारी गरेको एक विज्ञप्तीमा भनिएको छ, ‘लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।’
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने जारी विज्ञप्तीमा उल्लेख छ ।
ग्राहकले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैंकको विश्वास छ ।