त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी भएका छन् । नेविसंघका दीपकराज जोशी सभापति निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरे ।

२०७९ मा पनि त्रिवि क्याम्पसमा नेविसंघले नै जितेको थियो । त्यतिबेला यहाँ नेविसंघको तर्फबाट श्यामराज ओझा निर्वाचित भएका थिए ।

यो पटकको स्ववियु निर्वाचनमा त्रिवि विश्वविद्यालय क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच तीव्र प्रतिस्पर्धा चलेको थियो ।

कुल ३ हजार ११८ मत खसेकोमा जोशीले ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे ।

त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरे ।

अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पदमा भुसालले १६६ र उज्वल खड्काले ७१७ मत प्राप्त गरेका छन् ।

सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *