बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकार रजककाे मृत्यु
काठमाडौं । तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ।
एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धार हुन नसक्दा दुःखद् घटना भएको बताउनुभएको छ।
आगलागी अघि रजक उक्त भवनको झ्यालबाट आन्दोलनको दृष्य खिचिरहेको फोटो, भिडियोहरु सार्वजनिक भएको छ ।
तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका-४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो । शुक्रवार राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।
प्रदर्शनकारीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।