नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बिबिसीको प्रभावशाली १०० महिलामा परिन् कांग्रेस सांसद उमादेवी वादी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी पनि परेकी हुन् ।
५४ वर्षीया वादीलार्इ गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसले समानुपातिकमा सांसद बनाएकाे हाे । एक सय जनामध्य १० अाैँ नम्बरमा राखेकाे उनलार्इ बिबिसीले अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ।
यो सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलगायत छन्।
बिबिसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्छ। उनीहरूको जीवन कथा बिबिसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्ने गरेकाे छ ।
काे काे परे बीबीसीकाे १०० महिलामा पूरा सूची र विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् –