दुई प्रदेशको संगम स्थल राम्दीमा एकादशी मेलाको रौनक

पाल्पा । प्रदेश नं. ५ को पाल्पा र गण्डकी प्रदेश स्याङजाको संगम स्थल रामनदी धाम कालिगण्डकी राम्दीमा हरीबोधनी एकादशीको अवसरमा विशेष मेला लागेको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राम्दीको कालीगण्डकी नदीमा बिहनैदेखि दर्शनार्थीको घुइचो लागेको थियो ।

हरिबोधनी एकादशी अर्थात कात्तिके ठूली एकादशीमा कालिगण्डकी माथि पितृलाई विशेषगरी तोरन तार्ने प्रचलन रहेको छ । बाँबियो खरको डोरीलाई सिगारेर कालिगण्डकी नदि माथि वारपार हुने गरि तोरन तारेमा परिवारमा सुख, शान्ति प्राप्त हुने र पितृलाई स्वर्गमा पुग्न सहज हुने धार्मिक विशवास रही आएको स्याङजाका स्थानिय पाण्डब थापाले बताउनु भयो ।

परम्परागत रुपमा बाँबिया खरको डोरीलाई बोटे समुदायले कम्मरमा बाधेर तार्ने गरे पनि पछिल्लो समय बोटे समुदाय सो ठाउँबाट विस्थापन भएसँगै सजिलोका लागि पुलबाटै तार्ने गरिएको आडम बहादुर थापाले बताउनु भयो ।

मेलामा स्थानिय कृषि जन्यवस्तुहरू डाला ,सुपा ,सुन्तला, केरा, सखरखण्ड लगायतका स्थानिय उपज विक्रिको लागि राखिएको थियो ।

एकादशी मेलाको अवसरमा कालिगण्डकी नदिमा स्नान गरेपछि मोक्षे प्राप्त हुने विश्वासको आधारमा पाल्पा सहित गुल्मी ,स्याङजा पर्वत ,कास्की ,बाग्लुङ लगायत छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी मेला भर्न आउने गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *