बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गलत व्यक्तिको कारण संकटमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, राजा फर्काउनुपर्ने जनताको चाहना !
अनुसा थापा
मुलुकमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर, यो व्यवस्था सहज रुपमा आएको होइन् । हजारौं जनताको बलिदानपछि मात्र यो व्यवस्था ल्याउन सकिएको हो । जनताले आफ्नो ज्यानको बाजी राखे । व्यवस्था परिवर्तनको लडाइँमा १७ हजार नेपाली जनता शहिद र हजारौं अंगभंग भए ।
देशको व्यवस्था फेरिएपनि सत्तामा पुग्नेहरुको अनुहार फेरिएन् । पूर्वराजा ज्ञानेन्द्र शाहले असक्षम प्रधानमन्त्री भनेर बर्खास्ती गरेको व्यक्ति यो व्यवस्थामा पटकपटक प्रधानमन्त्री बने । उनी हुन्, काँग्रेसका सभापति शेरबहादुर देउवा । उनी राजाको पालामा गृहमन्त्रीपछि प्रधानमन्त्री भएका थिए ।
राजाले नियुक्त गरेको प्रधानमन्त्री राजाले नै हटाएका हुन् । राजाको पालामा बारम्बार मन्त्री भएका व्यक्ति हुन्, कमल थापा । उनी अहिले राप्रपा, नेपालका नेता हुन् । २०६२–६३ मा भएको १९ दिने आन्दोलनमा उनी गृहमन्त्री थिए । देशमा लोकतन्त्र–गणतन्त्र आइसकेपछि पनि उनले उपप्रधानमन्त्री खाए । दुईपटक सरकारमा गए ।
जनयुद्धका कमाण्डर मानिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सहभागी थिए । अर्कोतर्फ, एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा पनि उनी गए । हप्ता उठाउने दिपक मनाङ्गे, गगन थापा, महेश बस्नेतजस्ता व्यक्ति यो व्यवस्थामा मन्त्री भए । १९ दिने आन्दोलन जारी रहँदापनि ओली राजा हटाउनुहुँदैन् भन्ने मतमा थिए ।
बेलगाडामा चढेर अमेरिका पुगिन्छलगायतका भाषण ठोक्थें । तर, उनै राजतन्त्र फालेर आएको व्यवस्थामा तीनपटक प्रधानमन्त्री भइसकेका छन् । उनी राजाको पालामा गृहमन्त्री र परराष्ट्रमन्त्री भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मोहोर राखेर राजालाई ढोग गरेका थिए, प्रधानमन्त्री खान पाइन्छ कि भनेर ।
प्रधानमन्त्री बन्नका लागि दौरा सुरुवाल सिलाएर राखेका उनले आमा मर्दा किरियासमेत गरेनन् । तर, राजाले उनलाई प्रधानमन्त्री दिएनन् । उनले त्यतिबेला मन्त्री खाइसकेका थिए । झलनाथ खनाल पनि राजतन्त्रका मन्त्री हुन् । अहिले पनि समाजवादीका वरिष्ठ नेता छन् । लोकतान्त्रिक व्यवस्था आएपछि बल्ल उनी प्रधानमन्त्री भए ।
राजाको पालामा प्रधानमन्त्री र मन्त्री खाएकाहरु लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि मन्त्री र प्रधानमन्त्री बने । राजा बिगार्ने यिनीहरु नै हुन् भन्नेमा दुईमत छैन् । सत्तामा गएर भ्रष्टाचार गर्ने, जनतालाई शोषण गर्ने, आफ्ना मान्छेलाई जागिर लगाउने, सरकारी सम्पत्ति दुरुपयोग गर्ने, एनजिओ खोल्ने, निजी अस्पताल, स्कुल सञ्चालन गर्ने, मीटरब्याजमा पैसा लगाउने यिनीहरु नैै थिए ।
तर, दोष राजाको टाउकोमा मात्र थुपारिदिए । राजाले काम गरेन् भनेर विरोध गर्नेहरुले आफ्नो हातमा सत्ताको चाबी परेपछि के गरे ? २०६५ जेठ १५ गते देशमा लोकतन्त्र गणतन्त्र घोषणा भयो । यिनीहरुले नै सरकारको नेतृत्व गरे । यिनीहरुले मिलीजुली देशलाई खोक्रो बनाएका छन् ।
विदेशीबाट २७ खर्ब ऋण ल्याएर खाने यिनीहरु हुन् । देशको युवाशक्ति विदेशमा बेच्ने श्रेय यिनीहरुलाई जान्छ । सार्वजनिक, सरकारी, गुठी, मठमन्दिर, तालतलैया, खोलानाला सबै दर्ता गरेर व्यक्तिको नाममा लगे । देशलाई भ्रष्टाचारको दलदलमा फसाउने नामूद किरा यिनीहरु नै हुन् ।
खेतीयोग्य जमिन मासिनुमा यिनीहरुकै योगदान छ । २०६० सालअघि चप्पल लगाउने हैसियत नभएकाहरुको आज अर्बौंको सम्पत्ति छ, कसरी ? भ्रष्टाचार होइन् ? २०६० सालअघि गगन थापा, महेश बस्नेतलगायतसँग त एकजोर लुगा किन्ने पैसा हुँदैन्थ्यो । केपी शर्मा ओली, शेरबहादुर देउवालगायतका नेताहरुको दशौं रोपनीमा दरबारजस्तो महल छ ।
व्यापार व्यवसाय केही छैन् । सम्पत्ति भने उप्रोमाथि थुप्रो छ । ओलीको हातमा तीन करोड पर्ने घडी छ । लाखौं रुपैयाँको चश्मा, कोट, जुत्ता, दौरासुरुवाल भिरेर हिँड्छन् । दिनको ७० हजार रुपैयाँको त पानी मात्रै पिउछन् । उनको आम्दानीको स्रोत के छ ? यत्रो खर्च गर्नलाई । यसको सिधा जवाफ राज्यको सम्पत्ति दोहन हो ।
नेताको नाममा गैरकानुनी काम गर्ने, पैसा असुल्ने कार्यले प्राथमिकता पाएको छ । यहाँ सबै उस्तै छन् । त्यसैले त तै चुप मै चुपको अवस्था बनेको छ । देउवापत्नी डा आरजु राणामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बेचेको आरोप लागेको थियो ।
ओलीमाथि गिरीबन्धु टी स्टेटको जग्गा हिनामिनालगायतको थुप्रै आरोप लागेको छ । विडम्बना, यिनीहरुमाथि छानबिन नै हुँदैन् । इमान सकिएका नेताका कारण आज अन्तर्राष्ट्रिय स्तरमै नेपालको बद्नामी भएको छ । छिमेकीहरुको दादागिरी हामी चुपचाप सहन बाध्य भएका छौं ।
नेताहरुले जनतालाई नेपाली भन्न लाज लाग्ने स्थितिमा पुर्याइदिए । नेपाल भ्रष्टाचारी नेता, सरकारी कर्मचारी, भूमाफिया, दलालीहरुको लागि स्वर्ग बनेको छ । नेताहरुले आफूहरुलाई अप्ठेरो पर्छ भनेर जनतालाई विदेश लखेटे । जनता जम्मै विदेशमा भएपछि यहाँ बोल्ने कोही छैन् ।
जसका कारण यहाँ नेताहरुको राज चलेको छ । अहिले आएर जनताहरुले राजा नै ठीक रहेछन् भन्न थालेका छन् । अधिकांश जनता राजा फर्काउनुपर्ने मतमा देखिएका छन् । अहिले जोपनि राजा चाहिन्छ भनिरहेका हुन्छन् । नेताहरुले ठूलो बलिदानमाथि ल्याइएको व्यवस्थालाई खाडलमा हालेका छन् ।
१० वर्ष जनयुद्ध लडेर, जनताका छोराछोरी शहिद बनेर बल्लतल्ल ल्याएको व्यवस्था संकटमा परेको छ । हिजो जनयुद्ध लडाइँ लड्ने माओवादी हुन् । हिजो जनयुद्ध लड्ने बेला प्रचण्ड, बाबुराम भट्टराई, विप्लव, सीपी गजुरेल, मोहन वैद्यलगायत एक जुट भए । एकतामा बल हुन्छ भनिन्छ, त्यसैले जनयुद्ध सफल भयो ।
तर, शान्तिवार्ता हुनेबित्तिकै यिनीहरुको पनि स्वार्थ बाँभियो । जसका कारण माओवादी टुक्राटुक्रा भयो । अहिले व्यवस्थामाथि नै कालो बादल मडारिएको छ । २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भयो । १२१ क्षेत्रबाट माओवादीले प्रत्यक्ष निर्वाचन जित्यो । धेरै क्षेत्रमा थोरै भोटले माओवादी हारेको थियो ।
त्यतिबेला संविधान बनाउन सकेको भए र माओवादी नटुक्रिएको भए आज व्यवस्था संकटमा पर्दैन्थ्यो । एमाले, काँग्रेस र राप्रपा त राजा ल्याउन ठिक्क परेर बसेका छन् । कि कि राजा आएपनि खाने यिनीहरुले नै हुन् । माओवादीको लडाइँ व्यर्थै गयो । राजाले आफू फर्किनका लागि टाउको उठाइसकेका छन् ।
देशमा राजतन्त्र आउने कन्फर्मझैं भइसकेको छ । माओवादीका सच्चा नेताहरु जम्मै विस्थापित भए । माओवादी दलालको पार्टी बन्न पुगेको छ । सत्तामा पुगेपछि माओवादीका नेताहरुले आफ्नो सिद्धान्त बिर्सिए । विलासितामा लागे । उनीहरु लोभीपापी भए । शहिदका परिवारलाई उनीहरुले अनदेखा गरे ।
पदमा हुँदा केही गर्न नसकेका प्रचण्ड गाउँगाउँ पुगेर नौटंकी देखाइरहेका छन् । टपरीमा भात खाएर आफू जनताको नेता भन्छन् । यता, जनता भने राजा चाहियो भन्दै दरबारमार्गको सडकमा आउँछन् । गाडी राम्रो भएर के गर्ने, चलाउन नजान्ने ड्राइभर भएपछि । देश त्यस्तै भयो ।