What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

३९ लाख रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ
काठमाडाैं । स्रोत नखुलेको ३९ लाख रुपैयाँ सहित प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।
प्रहरी टोलीले सोमबार काठमाडौं महानगरपालिका-२४, इन्द्रचोकबाट एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले ३९ लाख ७५ हजार रुपैयाँ सहित ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो।
काठमाडौंको टोखा बस्दै आएका श्रेष्ठ चितवनको भरतपुर महानगरपालिका-१५ का बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनले बोकेको नगद रुपैयाँको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ।
यसबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जिम्मेवारी दिइएको छ। परिसरले अनुसन्धान अघि बढाएको जनाएको छ।