रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहस सम्पन्न भएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो। आदेशपछि लामिछाने पक्षले काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाउने तयारी गरिरहेको छ।

यसअघि, लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत बिहीबारमात्र रिहा भएका थिए। उनी त्यसअघि ८४ दिन प्रहरी हिरासतमा रहेका थिए।

कास्की जिल्ला अदालतको आदेशपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो। त्यसै क्रममा रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *