What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

‘भाइरल’ आशिका तामाङ स्वयम्भूबाट पक्राउ, यस्ताे छ कारण
काठमाडाैं । आशिका तामाङलाई काठमाडौँको स्वयम्भू क्षेत्रबाट बुधबार दिउँसो पक्राउ गरिएको छ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई अभद्र व्यवहारको अभियोगमा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो।
उक्त उजुरीका आधारमा प्रहरी वृत्त गौशालाले जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिएर उनलाई पक्राउ गरेको जानकारी दिएको छ। कोष परिसरमा गालीगलौज गरेको र कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा तामाङविरुद्ध उजुरी दर्ता भएको थियो।
साथै, गौशाला क्षेत्रमा तामाङले प्रहरीलाई समेत गालीगलौज गर्दै हातपात गरेको आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउपछि उनलाई प्रहरी वृत्त स्वयम्भूले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई बुझाएको थियो। त्यहाँबाट थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइएको एसपी अधिकारीले जानकारी दिए।