हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
इजरायली राजदूतलाई भेटेर परराष्ट्रमन्त्री राणाले के भननिन् ?
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीलाई छुटाउन इजरायली सरकारसँग पहल गर्नुभएको छ।
बुधबार सिंहदरबारमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बाससँग भेटेर उहाँले विपीनको रिहाइका लागि विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभएकाे हाे। मन्त्री राणाले विपीनको अवस्थाबारे जानकारी माग्दै, हमासको नियन्त्रणबाट उनलाई सुरक्षित रूपमा मुक्त गराउन इजरायलले चाँडै कदम चाल्नुपर्ने बताउनुभयो।
हमासले ३४ जना व्यक्तिलाई रिहा गर्न लागेको खबर आइरहेका बेला, मन्त्री राणाले राजदूतसँग भेट गरी विपीनलाई पनि रिहा गराउन आग्रह गर्नुभएको हो।
राजदूत बासले हमासले पहिलो चरणमा वृद्धवृद्धा, महिला, बालबालिका र गम्भीर स्वास्थ्य अवस्थाका व्यक्तिहरूलाई रिहा गर्न लागेको जानकारी दिनुभयो। उहाँले इजरायल सरकारले केही समयअघि पठाएको सूचीअनुसार हमासले पहिलो चरणमा ३४ जनालाई छोड्ने तयारी गरिरहेको बताउनुभयो।
गत अक्टोबरमा हमासले इजरायली भूमिमा हमला गरेर १० जना नेपालीसहित धेरैलाई अपहरण गरेको थियो। सरकारले अपहरित नेपालीहरूको उद्दारका लागि विभिन्न तहबाट प्रयास गरिरहेको छ।