भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित

काठमाडाैं । भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।

सिंहदरबारमा बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त ऐन संशोधनका लागि तयार गरिएको विधेयकलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। समितिका सभापति रामहरि खतिवडाले बैठकमा प्रस्तुत गरेको संशोधन प्रस्ताव बैठकका सबै सदस्यको समर्थनबाट पारित भएको हो।

यसअघि, ऐन संशोधनका लागि सांसद हृदयराम थानीको संयोजकत्वमा गठन भएको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि बैठकमा विस्तृत छलफल भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *