What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बालगायक सचिन परियारको निधन
What To Know
- काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।.
- सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।.
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।
गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए। भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन्।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।
उनको निधन भएको पुष्टि अस्पतालले पनि गरेको छ।






