What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन
काठमाडाैं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको सोमबार बिहान निधन भएको छ।
उनी सोमबार बिहान घरमै अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्कालै गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज लगिएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको शक्ति समूहकी अर्की संस्थापक चरिमाया तामाङले बताइन्।
दनुवार सुनिता फाउन्डेशनकी संस्थापक पनि हुन्। उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ मा बस्दै आएकी थिइन्।
उनले मानव बेचबिखनबाट प्रभावित महिलाहरूसँग मिलेर शक्ति समूह स्थापना गरेकी थिइन्। शक्ति समूहले बेचबिखनमा परेका महिलाका लागि काम गर्दै आएको छ।
अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता महिलाको सूचीमा उनलाई पनि राखेको थियो। त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ का रूपमा दनुवारलाई सम्मान गरेको थियो।






