What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

महाभियोग पारित भएसँगै दक्षिण कोरियाका राष्ट्रपति निलम्बित, अब के हुन्छ
What To Know
- उक्त प्रस्तावको पक्षमा २०४ मत परेको थियो भने ८५ मत विपक्षमा खसेको थियो। तीन जना सांसद अनुपस्थित भएका थिए र आठ वटा मत बदर भएको थियो। दक्षिण कोरियाको संसद्मा ३०० जना छन्। दुई तिहाई सांसदले महाअभियोगका पक्षमा मतदान गरेपछि सभामुखले महाभियोग पारित भएको घोषणा गरेका थिए।.
- गतसाता भएको मतदान सत्ताधारी दलका सांसदहरूले बहिस्कार गरेका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीले अघि सारेको महाभियोग प्रस्ताव पारित हुन २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका तीन जना सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेको विवरण आएका थिए।.
दक्षिण कोरियाको संसद्ले राष्ट्रपति यून सुक यउललाई १२ दिन अघि संक्षिप्त अवधिका लागि उनले लगाएको ‘मार्शल ल’ घोषणाका लागि महाभियोग लगाएको छ।
यसअघिको महाभियोग विफल भएको भएपनि शनिवार दोस्रो पटक उक्त प्रस्तावमा मतदान हुँदा त्यो पारित भएको हो।
उक्त प्रस्तावको पक्षमा २०४ मत परेको थियो भने ८५ मत विपक्षमा खसेको थियो। तीन जना सांसद अनुपस्थित भएका थिए र आठ वटा मत बदर भएको थियो। दक्षिण कोरियाको संसद्मा ३०० जना छन्। दुई तिहाई सांसदले महाअभियोगका पक्षमा मतदान गरेपछि सभामुखले महाभियोग पारित भएको घोषणा गरेका थिए।
संसद् भवनबाहिर यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रदर्शनहरू भइरहेका छन्।
यून अब राष्ट्रपतिबाट निलम्बित भएका छन् र दक्षिण कोरियाको संवैधानिक अदालतलाई उनको राजनीतिक भविष्यबारे निर्णय गर्न १८० दिनको समय हुनेछ।
त्यसले उनलाई पदबाट हटाउन पनि सक्छ वा पुनर्बहाली पनि गर्नसक्छ। यो निर्णयसँगै दक्षिण कोरियाका प्रधानमन्त्री हान डक-सो कार्यवाहक राष्ट्रपति बनेका छन्।
उनले स्थिर शासन दिन आफूले सकेको गर्ने बताएका छन्।
संसद् भवनबाहिर दुवै पक्षका प्रदर्शनकारी
दक्षिण कोरियाली राष्ट्रपति यूनविरुद्ध दोस्रो पटक दर्ता भएको महाभियोगमा मतदान चलिरहँदा कोरियाको संसद् बाहिर सयौँ प्रदर्शनकारीहरू भेला भएका थिए।
आफ्नो सत्ता टिकाउन प्रयास गरिरहेका राष्ट्रपति यूनको समर्थनमा पनि राजधानी सोलको एउटा क्षेत्रमा प्रदर्शन भएको थियो।
सैनिक शासन लगाउने निर्णयपछि राष्ट्रपति यूनलाई पदबाट हटाउनुपर्ने माग बढेको थियो। विपक्षी दलबाट महाभियोगको प्रक्रियासँगै उनको राजीनामा माग गर्दै प्रदर्शनहरू पनि भएका थिए। उनले घोषणा गरेको ‘मार्शल ल’ अर्थात् सैनिक शासन संसद्ले मतदानबाट अस्वीकृत गरेपछि छ घण्टामै फिर्ता भएको थियो।
यसअघि यूनविरूद्ध दर्ता भएको महाभियोगको पक्षमा न्याश्नल असेम्ब्लीमा भएको मतदानमा दुई तिहाइ बहुमत पुगेको थिएन।
महाभियोग प्रस्तावमा दोस्रो पटक मतदान सुरु हुनुअघि सत्ताधारी पीपल्स पावर पार्टीका एक जना सांसद आफ्नो दलका अन्य सांसदहरूलाई पनि महाभियोगको पक्षमा मतदान गर्न आग्रह गरिएको साइन बोर्ड बोकेर संसद् भवन अगाडी बसेका थिए।
गतसाता भएको मतदान सत्ताधारी दलका सांसदहरूले बहिस्कार गरेका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीले अघि सारेको महाभियोग प्रस्ताव पारित हुन २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका तीन जना सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेको विवरण आएका थिए।
विपक्षी सांसदहरूले यून पदबाट नहटेसम्म हरेक शनिवार महाभियोगमा मतदान हुने गरि प्रक्रिया अघि बढाइने बताएका थिए।