What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनपीएलमा लगातार हारेपछि के भन्छन् सन्दिप लामिछाने ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा आफ्नो टिमले सुरुवात राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा सुदूरपश्चिम रोयल्ससँग हार्नुपरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलपछि कप्तान लामिछानेले प्रतिक्रिया दिँदै आउने खेलमा थप सुधार गर्दै जानुपर्ने देखिएको बताए।
‘आज जसरी सुरुवात गरेका थियौँ, त्यसलाई निरन्तरता दिन सकेनौँ’, उनले भने, ‘६ ओभरसम्म राम्रो थियो। तर सुदूरको दुई खेलाडीले खेललाई राम्ररी अघि बढाए। दुई खेललाई हेरेर जज गर्नु एकदमै छिटो हुनेछ।’
आजको खेलमा आफूले व्यक्तिगत रूपमा पनि राम्रो गर्न नसकेको समीक्षा उनले गरे। ‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन। आउने खेलमा त्यसमा सुधार गर्दै लैजानुपर्छ, उनले भने, मेरो आफ्नो व्यक्तिग रूपमा पनि राम्रो गर्न सकेको छैन। यो पार्ट अफ लाइफ हो।