यी हुन् नेपाल-चीनबीच भएका सहमति र समझदारीका नाै बुँदा

What To Know

  • यसअघि उहाँले २०७५ सालको असार र २०७२ सालको चैतमा चीन भ्रमण  गर्नुभएकाे थियाे ।.
  • नाकाबन्दी हटेपछि ओलीले भारतको भ्रमण गर्नुभएकाे थियाे। त्यसको झन्डै एक महिनापछि उनी चीन पुगेर व्यापार तथा पारवहन सन्धि गर्नुभएकाे थियाे ।.

काठमाडाैं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली चियाङबीच मङ्गलवार बेइजिङमा वार्ता भएपछि उनीहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौवटा सहमतिपत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको सूचीका अनुसार प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणका बेला हस्ताक्षर गरिएका ती सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय परेका छन्।

तिनका शीर्षकमा ‘बेल्ट एन्ड रोड इनिशटिभ’ (बीआरआई) उल्लेख भएको छैन। भ्रमणअघि नै नेपाली अधिकारीहरूले बीआरआईअन्तर्गत हाल ऋण लिने अवस्था नरहेको बताउँदै आएका थिए।

बेइजिङस्थित ग्रेट हल अफ द पीपलमा आयोजित स्वागत समारोहमा ओली सहभागी भएपश्चात् दुई देशका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *