रहेनन् पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कार्की

पाल्पा । उद्योगी तथा व्यवसायिहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा समाजसेवी कमल कृष्ण कार्कीको निधन भएको छ ।

विहिबार राती हृदयघातका कारण कार्कीको ४५ वर्षको उमेरमा निधन भएको हो । हृदयघात भए पछि कार्कीलाई राती नै युनाइटेड मिसन अस्पताल लगिएको र उपचार गर्न नपाउदै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनको शुक्रबार हिन्दु संस्कार अनुसार राम्दीमा अत्येष्ठी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *