हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एनपिएल अपडेट : जनकपुरको लगातार दोस्रो जित
काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।
जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले।
जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त याेगफल बनाएका हुन् ।
यस्तै आशिफ शेखले ३६ रन बनाए । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए । बलिङ तर्फ कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए ।
तर, भारतीय क्रिकेटर शिखर धवनले भने अपेक्षाकृत रन बनाउन सकेनन् । उनी जम्मा १४ रनमा आउट भए । महँगाे मूल्यमा कर्णालीमा अनुबन्ध हुनुभएका धवनले १४ बलमा तीन चौकाको सहयोगमा मात्रै १४ रन बनाउन सके । बाबर हायतले १२ रन जोडे ।
बलिङ तर्फ कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिए । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए ।
यसअघि सोमबार बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।