What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनतर्फ प्रस्थान गर्नुभएकाे छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंसिर १७ देखि २० गतेसम्मका लागि चीन भ्रमणमा जानुभएकाे हाे । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्पमत्नी राधिका शाक्यका साथै ३९ जनाको सरकारी टोली पनि बेइजिङ प्रस्थान गरेको छ।
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। ओलीको बिदाइमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकाे थियाे ।
चीनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग पनि उहाँले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।