नयाँ सदस्यहरूलाई सामूहिक अभिमुखीकरणः ‘नेपान’को असल अभ्यास

काठमाडौं । नेपानले नयाँ सदस्यहरूलाई सामूहिक अभिमुखीकरण गरेकाे छ । नेपानको ३०औं वार्षिक साधारणसभाले नयाँ सदस्यको रूपमा स्वागत गरेका सदस्यलाई नेपानसम्बन्धी परिचयात्मक तथा अन्तक्रियात्मक अभिमुखीकरण  भर्चुअल रूपमा गरेकाे हाे ।

हरेक वर्ष यसरी विशेष कार्यक्रम गर्ने यो ‘असल अभ्यास’ अन्य संस्था÷सञ्जाल, फेडेरेसन, संघ÷महासंघहरूका लागि पनि सिक्नलायक छ । नेपालमा सहभागीमूलक विकास प्रक्रियाको उत्थानका लागि सन् १९९५ देखि नै सञ्जाल (नेटवर्क) संस्थाको रूपमा सक्रिय ‘नेपान’ मा हाल करिब साढे तीन सय सदस्य छन् । यो वर्ष सात जना नयाँ सदस्यहरू थपिएका छन्।

पूर्वअध्यक्षको हैसियतले चेतनाथ कणेलले, निवर्तमान अध्यक्षको हैसियतले डा. अनोज क्षेत्रीले, वर्तमान अध्यक्षको हैसियतले भोला भट्टराईले नेपानको विगत, वर्तमान र भविष्य विषयमा अनुभव र अनुभूति सुनाउनुभएकाे थियाे । सदस्यले के गर्नुपर्ने भन्ने विषयमा पनि लघुरूपमा स्पष्ट पार्ने प्रयास गरिएकाे थियाे ।

नेपानले विगतमा अपनाएका रणनीतिहरू र पछिल्लो दस्तावेजअनुसार सन् २०२२ देखि २०२७ सम्मको चालु ५ वर्षे रणनीतिको सार के छ भन्ने कुरा पनि संक्षेपमा चर्चा गरिएकाे थियो । साथै, वक्ताहरूले वर्तमानका चुनौती, कठिनाइ र नयाँ अवसरहरूका बारेमा पनि केही प्रकाश पारेका थिए ।

नयाँ सदस्य साथीहरूले पालैपालो अनुभव सुनाएका थिए । उनीहरूले केही प्रतिबद्धता पनि जनाउनुएकाे छ । नेपान सदस्य बन्न पाएकोमा खुसी र गर्वानुभूति प्रकट गरे ।

त्यस्तै कार्यक्रममा नेपानका पूर्वअध्यक्ष चेतनाथ कणेलले नयाँ सदस्यहरूई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

करिब डेढ घण्टाको उक्त लघुकार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य रामहरि अधिकारीले गर्नुभयो भने स्वागत उपाध्यक्ष डा. रोजी जोशीले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य कर्ण नेपालीले गर्नुभयो ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *