हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपाल प्रिमियर लिग (एनपीएल) : भिडमा च्यापिएर प्रहरीसहित सात घाइते, कसले लिन्छ जिम्मा ?
काठमाडाैं । त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सातजना घाइते भएका हुन।
त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका हुन। घाइतेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी गाउँपालिका-५ घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सितापाइला बस्ने ३२ वर्षीय केशव आचार्य र बैतडीको डिलासैनी गाउँपालिका घर भई सिन्धुपाल्चोक बस्ने २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोट घर घई बानेश्वर बस्ने ३२ वर्षीय प्रेम खड्की छन्।
प्रहरी जवान तामाङको कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि अहिले वीर अस्पताल रिफर गरिएको थियो । तयहाँबाट उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । बाँसबारीस्थित न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ । काठमाडौंका विभिन्न अस्पतालमा अरू घाइतेको उपचार भइरहेको छ ।
खेल सुरू भएपछि टिकटलाई लिएर त्रिवि मैदान बाहिर तनाव उत्पन्न भएको थियो। केही दर्शकहरू आफूहरूले टिकट काट्दा पनि भित्र छिर्न नदिएको भन्दै टिकट देखाएर आक्रोशित भएका थिए।