हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपाल प्रिमियर लिग (एनपीएल) : जनकपुरको विजयी शुरुआत
काठमाडाैं । श्रीलंकन ब्याटर लाहिरु मिलन्थाको अर्धशतकको मद्दतमा जनकपुर बोल्टस्ले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी शुरूआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको हो। विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले दुई विकेटको क्षतिमा १५.३ ओभरमा सहज जित निकालेको हो।
जनकपुरका लागि लाहिरु मिलन्थाले अभिजित ७५ रन बनाए। उनले ५३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, हर्ष ठाकेरले २९ रन बनाए। उनले ३३ बलमा दुई चौका प्रहार गरे। कप्तान अनिल साहलाई पाँच रन र आसिफ शेखलाई शून्यमा गुमाएको जनकपुरको पारी मिलन्था र ठाकेरले सम्हालेका थिए।
विराटनगरका लागि क्रिस सोल र प्रतिश जीसीले एक-एक विकेट लिए। अन्य बलर महंगा सावित भए।
यसअघि टस हारे ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। विराटनगरका लागि मार्टिन गप्टिलले ५५ रन बनाए। अन्य खेलाडी भने चल्ने सकेनन्।
जनकपुरका लागि ललित राजवंशीले तीन, किशोर महतो र हर्ष ठाकेरले दुई-दुई तथा बने माइक र मोहम्मद मोहसिनले एक-एक विकेट लिएका थिए।
एनपीएलको दोस्रो खेलमा आइतबार बिहान ९ः१५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोज तथा तेस्रो खेलमा दिउँसो १:१५ बजे जनकपुर बोल्टस् र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्टस्, कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धी छन्। शनिबारदेखि शुरू भएको प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ।