बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

लाै फेरि सुनकाे भाउ बढ्याे, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ। सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।