हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
स्थायी राजधानी तोक्न सहमति खोजिदैँ : मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो, “ प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ ।”
मुख्यमन्त्री पौडेलले प्रदेश नं. ३ अन्तर्गत १३ जिल्लाका ११९ स्थानीय तहलाई समेट्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने गृहकार्य भइरहेको उल्लेख गर्दै जिल्लाको विकास योजना कार्यान्वयन गर्न सरकारी अनुदान उपलब्ध गराई सकेको जानकारी दिनुभयो ।
सरकारी सेवा प्रवाहलाई अझ बढी व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने कार्यमा सरकार लागिपरेको छ, उहाँले भन्नुभयो, “जनतालाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवालाई थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सरकारले विकाससँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई लिखित निर्देशन पठाइसकेको छ ।”