चर्चित गायक खप्तरीले ल्याए नाचौँ नाचौँ लाग्ने पञ्चेबाजा गीत (भिडियो)

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको पञ्चेबाजा गीत भाले बास्यो गाउँमा सार्वजनिक भएको छ । सधै मौलिक सोरठी, सालैजो लगायतका गीत गाउने कलाकार खप्तरीले पहिलो पटक पञ्चेबाजाको गीत चरी बास्यो बन पालेमा भाले बास्यो गाउँमा बोलको गीत बजारमा लयाएका हुन् । खप्तरीको लय शब्द रहेको गीतमा सञ्जु थापा मगरले स्वरमा साथ दिएकी छिन् ।

गीतको भिडियोमा गुल्मी, पाल्पा, स्याङ्जा लगायतको क्षेत्रमा प्रचलित विवाह परम्परालाई पनि झल्काउने प्रयास गरिएको छ । म्यूजिक भिडियोमा कलाकार खप्तरी दम्पतीसहित चर्चित लोक तथा दोहोरी गायिका संगीता थापा मगर र प्रकाश भट्टले अभिनय गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । म्यूजिक भिडियोको बजार ब्यवस्थापन भने साइभिजन प्रालिले गरेको छ ।

हेर्नुहोस् पूरा भिडियो

https://youtu.be/bxaYrjamWO4

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *