हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’
काठमाडौं । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गको सो अवार्ड बैंकले प्राप्त गरेको हो ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकलाई प्राप्त उक्त पुरस्कारले थप उत्पे्ररणा प्रदान गरेको बैंकले जनाएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजिते ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्र नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । यीमध्येबाट एनआईसी एशियाले उक्त अवार्ड प्राप्त हात पारेको हो ।
यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।