What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार
काठमाडाैं । शेयर बजारमा बिहीबार एकै दिन झन्डै ३० अर्बको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च हो।
शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ मूल्यको शेयर किनबेच भएको हो। शेयर बजार परिसूचक नेप्से पनि ४३ अंकले बढेर तीन हजार बिन्दु पार गरेको छ। यो पछिल्लो ३५ महीनायताकै उच्च हो।
ब्यांकहरूको शेयरको मूल्य अत्यधिक बढेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, ग्लोबल आईएमई ब्यांक तथा बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी सहितका कम्पनीको मूल्य पनि १० प्रतिशतले बढेको छ।
बिहीबार कारोबार भएकामध्ये १०६ कम्पनीको शेयरको मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ।
यो कारोबारसँगै शेयर बजार पूँजीकरण भनिने कुल शेयरको मूल्य ४७ खर्ब ६६ अर्ब पुगिसकेको छ। यो देशको कुल गार्हस्थ्य उत्पादनको करीब ८३ प्रतिशत हो।
एक महीनाअघिका तुलनामा बजार पूँजीकरण करीब १२ खर्बले बढेको छ। अर्थात् महीना दिनका बीचमा बजार पूँजीकरण एकतिहाइले बढेको हो।
ब्यांक तथा वित्तीय संस्थाको ब्याजदर सस्तो भएको, राष्ट्र ब्यांकले लचिलो मौद्रिक नीति लिएको तथा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले शेयर बजार बढाउने खालका अभिव्यक्ति दिएका कारण बजारले गति लिएको अनुमान गरिएको छ। झन्डै तीन वर्ष शेयर बजार निकै शिथिल भएको थियो।