बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा गैरे
काठमाडाैं । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन्।
समितिको बिहीबारको बैठकबाट उनी सभापति बनेका हुन्। एक जनाको मात्र उम्मेदवारी परेपछि गैरेलाई निर्विरोध निर्वाचित घोषणा गरिएको थियो। उनी नेकपा (एमाले)का सांसद हुन्।
त्यस्तै, बिहीबार नै संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन्। उनी नेपाली कांग्रेसकी सांसद हुन्।
नवनिर्वाचित दुवै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरे समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे लगायत सहभागी थिए।