अमेरिकाको प्रतिनिधिसभा चुनावमा नेपाली मुलका भण्डारी विजयी, बन्याे यस्ताे रेकर्ड

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी हुनुभएकाे छ । डेमोक्र्याटिक उम्मेदवार भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे हाे ।

अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा प्रतिनिधित्व गर्ने भण्डारी पहिला ब्यक्ति बन्नुभएकाे छ ।  मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका भएकाे बताइएकाे छ ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उहाँ अमेरिका जानुभएकाे थियाे । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँनुहुन्थ्याे ।  अमेरिकामा पनि भण्डारी  प्राध्यापन पेशामा नै संलग्न हुनुहुन्छ । 

गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उहाँ दोश्रो स्थान हासिल गरी बिजयी बन्नुभएकाे थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *