What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित
What To Know
- उहाँले भन्नुभयो, “भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ ।” भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उहाँको भनाइ छ ।.
- नेपाली बजारमा रु छ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट रु ४० लाखको फूल आयात भइरहेको जनाइएको छ । फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।.
काठमाडौँ । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।
आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास हुनुभएको छ ।
“मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन”, उहाँले भन्नुभयो । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ ।
उहाँले भन्नुभयो, “भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ ।” भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उहाँको भनाइ छ ।
स्वदेशमा उत्पादन हुने फूलको बजारमा खासै माग नभएको अनुभव काभ्रेकी समिता घिमिरेको छ । उहाँले भन्नुभयो, “काठमाडौँसम्म फूल बिक्री गर्न आयो, गाडीभाडासमेत उठ्दैन ।” धिमिरेका अनुसार फूल उत्पादक किसानलाई माथि उकास्न सरकार गम्भीर भएर लाग्न सक्नुपर्दछ ।
नेपाली बजारमा रु छ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट रु ४० लाखको फूल आयात भइरहेको जनाइएको छ । फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।
बजारमा सयपत्री प्रतिमाला रु ४० देखि एकसयसम्म बिक्री भइरहेको छ भने मखमली प्रतिमाला रु २५ देखि ४० सम्म बिक्री भइरहेको छ ।