नेपालमा हवाइ दुर्घटनाको कहाली लाग्दो इतिहास !

काठमाडाैं । नेपालमा हवाई दुर्घटनाको इतिहास कहाली लाग्दो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५३ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । सन् १९९२ मा एक सय ६७ जनाको मृत्यु हुने गरी ललितपुरको भट्टेडाँडामा भएको पाकिस्तान एयरलाइन्सको जहाज दुर्घटना सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय दुर्घटना थियो भने दुई वर्ष अघि पोखरामा भएको यति एयर लाइन्सको विमान दुर्घटना आन्तरिक उडानको ठूलो दुर्घटना थियो ।

कहाँ कहिले कति क्षति विवरण सहित

सौर्य एअरलाइन्सको एउटा विमान बुधवार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परी आगो लागेपछि एक बालकसहित १८ जनाको मृत्यु भएको छ ।

उक्त विमानमा चालकदलका दुई सदस्य र सौर्य एअरलाइन्सका कर्मचारीहरू चढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

नेपालमा भएयो यो पहिलो विमान दुर्घटना भने होइन । यसअघि पनि थुप्रै पटक नेपालमा विमान तथा हेलिकप्टर दुर्घटना भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५३ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटनामा परेका छन् ।

यस्ता दुर्घटनामा थुप्रैको ज्यान गएको छ । उक्त अवधिमा नेपालमा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा ८५० जनाभन्दा बढीको मृत्यु भएको छ ।

गत वर्ष माघमा काठमाडौंबाट उडेको यती एअरलाइन्सको यात्रुवाहक विमान पोखरामा सेती खोँचमा खस्दा ७२ जनाको मृत्यु भएको थियो। यद्यपि एक जनाको शव भने फेला परेको थिएन। यो नै नेपालमा भएको सबैभन्दा ठूला आन्तरिक हवाई दुर्घटना थियो ।

२०७९ जेठान पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्विनअटर ‘नाइन एनएइटी’ विमान मुस्ताङको थसाङ–२ मा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको थियो ।

नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन विमान दुर्घटना भएको थियो । रोयल फोर्स एयरको विमान दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन ।

नेपालमा विमान दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यस्तै काठमाडौंमा इण्डियन एयरलाइन्सको विमान सन् १९५६ मा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । इण्डियन एयरलाइन्सको विमान सन् १९५७ मा पनि नेपालमा दुर्घटनामा परेको थियो । टीकारभैरवमा इण्डिन एयरलाइन्सको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो । यसको एक वर्ष नबित्दै सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को विमान नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइनसको विमान सन् १९६० मा दुर्घटनामा परेको थियो । भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको अर्को विमान सन् १९६२ मा ढोरपाटनमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको अर्को विमान ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको अर्को विमान सन् १९६९ मा दुर्घटनामा परेको थियो । सो विमान दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । यसको एक वर्षपछि सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।

सन् १९७० मा नै रोयल लाइटको विमान जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।

नेपाल एयरलाइनसको विमान सन् १९७५ मा काठमाडौंमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने सन् १९७६ मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । सन् १९७९ मा लाङ्टाङ्मा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको विमान सन् १९८१ मा विराटनगरमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको विमान सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । सन् १९८५ मा नेपालमा अर्को विमान दुर्घटना भएको थियो, जसमा परी २५ जनाले ज्यान गुमाएका थिए ।

थाई एयरको विमान सन् १९९२ मा नेपालमा दुर्घटनामा परेको थियो । रसुवामा भएको उक्त दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । पाकिस्तान एयरलाइन्सको विमान सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।

एभरेष्ट एयरको विमान सन् १९९२ मा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको विमान सन् १९९५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

कर्णाली एयरको विमान सन् १९९७ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । लिबानी विमान सन् १९९८ मा नेपालमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

एसियन एयरको विमान सन् १९९८ मा दुर्घटनामा परेको थियो । सोलुखुम्बुमा भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

नेकोन एयरको विमाना सन् १९९९ मा जुम्लामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेल्धुरामा दुर्घटना भएको थियो । सो दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । फिस्टेल एयरको हेलिकप्टर सन् २००१ मा रारा तालमा खस्दा चार जनाको मृत्यु भएको थियो ।

यस्तै, स्काइलाइनको विमान सन् २००२ मा सुर्खेतमा दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । सांग्रीला एयरको विमान सन् २००२ मा दुर्घटना भएको थियो । कास्कीमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।

यती एयरलाइन्सको विमान सन् २००४ मा लम्जुङमा दुर्घटना भएको थियो । सो घटनामा ३ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टिको विमान सन् २००५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।

यती एयरलाइन्सको विमान सन् २००६ मा दुर्घटना भएको थियो । जुम्लामा भएको उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष यती एयरलाइन्को अर्को विमान लुक्लामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।

अग्नी एयरको विमान सन् २०१० मा दुर्घटना भएको थियो । मकवानपुरमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।

तारा एयरको विमान सन् २०११ मा ओखलढुंगामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

अग्नी एयरको विमान सन् २०१२ मा जोमसोममा दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । सोही वर्ष सीता एयरको विमान काठमाडौंमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।

नेपाल एयरलाइन्सको विमान सन् २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिँदा हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ मा नेपालमा अर्को हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । तारा एयरको विमान सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

युएस–बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

सन् २०१८ मा नै मकालु एयरको विमान सिमिकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए ।

एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । ००००

नेपालमा विमान दुर्घटनाको इतिहासः

क्र.स. वर्ष विमान कम्पनी दुर्घटना स्थल मृत्यु
सन् १९५५ कालिंगा, एयरको विमान सिमरामा दुर्घटना, २ को मृत्यु
१९५६ इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना १४ को मृत्यु
१९५८ इण्डियन एयरलाइन्स टिकाभैरवमा दुर्घटना २० को मृत्यु
१९६० एनएसीको विमान भैरहवामा दुर्घटना , ४ को मृत्यु
५. १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना १० को
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाँडामा दुर्घटना ३५को मृत्यु,
७. १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना, १ को मृत्यु,
१९७० रोयल फ्लाईट जोमसोममा दुर्घटना १ को मृत्यु
१९७२ मा रोयल फ्लाईट धुलिखेलमा दुर्घटना, ३१ को मृत्यु,
१० १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना , ५ को मृत्यु,
११ १९७६ मा नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना, ६ को मृत्यु,
१२ १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६को मृत्यु,
१३ १९८१ मा विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० को मृत्यु
१४ १९८४ नेपाल एयर लाइन्स भोजपुरमा दुर्घटना १५को मृत्यु,
१५ १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना , २५ को मृत्यु,
१६ १९९२ मा थाई एयरको विमान नुवाकोटको घ्याङफेदी(ककनीमा उद्यान बनाइएको )मा दुर्घटना ११३ को मृत्यु
१७ १९९२ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाडामा दुर्घटना १६७ को मृत्यु
१८ १९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना २ को मृत्यु
१९ १९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना १ को मृत्यु
२० १९९८ मा एटिएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना, १८ को मृत्यु
२२. १९९८ एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना, ३ को मृत्यु,
२३ १९९८ मा नै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना, १ को मृत्यु
२४. १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना, ५ को मृत्यु
२५. १९९९ मा लुप्थान्सा एयरको विमान काठमाडौंको भस्मासुर डाँडामा दुर्घटना, ५ को मृत्यु,
२६. १९९९ मा नेकोन एयरको विमान काठमाडौंको रामकोटमा दुर्घटना, १४ को मृत्यु
२७. १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना, १० को मृत्यु
२८ २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना २५को मृत्यु
२९. २००१ मा फिष्टेल एयरको विमान रारा तालमा दुर्घटना, ४ को मृत्यु,
३०. २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना, ४को मृत्यु
३१. २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना , १८को मृत्यु
३२ २००४ मा यति एयरलाइन्सको विमान लम्जुङ्गमा दुर्घटना ३ को मृत्यु
३३ २००५ मा एयर डाइनेष्टिकको विमान रामेछापमा दुर्घटना, ३ को मृत्यु
३४. २००६ मा यती एयरलाइन्सको बिमान जुम्ला दुर्घटना ९ को मृत्यु,
३५. २००६ मा यती एयरलाइन्सको विमान लुक्लामा दुर्घटना, १९ को मृत्यु,
३६. २०१० मा अग्नी एयरको विमान मकवानपुरमा १४को मृत्यु,
३७. २०१० मै खोटाङ्गबाट उडेको तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ को मृत्यु,
३८ २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना, १९को मृत्यु,
३९. २०१२ मा अग्नि एयरको विमान मुस्ताङ,जोमसोम १५को मृत्यु,
४० २०१२ मा सीता एअरको डोर्नियर विमान भक्तपुरमा १९को मृत्यु
४१ २०१४ नेपाल एयरलाइन्सको बिमान अर्घाखाँची १८ जनाको मृत्यु
४२ २०१६ फेब्रअरी २४ मा तारा एयरको फ्लाइट–१९३ को बिमान म्याग्दिमा दुर्घटना २३ जनाको मृत्यु
४३ २०१६ अगस्टमा फिस्लेट एयरको हेलिकप्टर सुत्केरी सहित शिशु बोकेको नुवाकोटमा चालक दल सहित ७ जनाको मृत्यु
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *