What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना, एक बालकसहित १८ जनाको मृत्यु
What To Know
- नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको छ । सौर्य एअरलाइन्सको ‘९एन–एएमई’ कल साइनको विमान बिहान ११ः११ बजे दुर्घटनामा परेको हो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको प्राधिकरणले जनाएको छ।.
- विमानमा १९ जना सवार थिए। ज्यान गएका यात्रुको सनाखत हुन भने बाँकी छ । मृतकको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शव पु¥याइएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने बताइएको छ । दुर्घटनाग्रस्त विमान मर्मतका लागि पोखरा जाँदै थियो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।.
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको छ । सौर्य एअरलाइन्सको ‘९एन–एएमई’ कल साइनको विमान बिहान ११ः११ बजे दुर्घटनामा परेको हो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको प्राधिकरणले जनाएको छ।
विमानमा १९ जना सवार थिए। ज्यान गएका यात्रुको सनाखत हुन भने बाँकी छ । मृतकको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शव पु¥याइएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने बताइएको छ । दुर्घटनाग्रस्त विमान मर्मतका लागि पोखरा जाँदै थियो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुले हावाई दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लयायत सरकारी उच्च अधिकारीहरु विमानदुर्घटनास्थ पुगेर घटनाबारे जानकारी लिनु भएको थियो । ००००