नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
बाग्लुङको जैमिनी नगरपालिका-१ को ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारीसाधन बाटामै रोकिएका छन्।
करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बाग्लुङ बजार आउने सवारीसाधन समेत रोकिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।
अहिले पानी परिरहेकाले करिडोर खुलाउन नसकिएको उनको भनाइ छ। यादवका अनुसार वर्षा रोकिएपछि करिडोर खुलाउने प्रयास गरिनेछ।
केही दिनदेखिको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ। खासगरी गलकोट नगरपालिका-३, हटियादेखि बडिगाड गाउँपालिका-२, हाँडीखोलासम्मको करीब १५ किलोमिटर सडकमा क्षति पुगेको हो।